काठमाडौं । सुरक्षाको कारण देखाउँदै छिमेकी मुलुक भारतले थप ५४ वटा चिनियाँ एपमा प्रतिबन्ध लगाएको छ ।
राष्ट्रिय सुरक्षामा असर पर्न सक्ने कारण देखाउँदै भारतले ती चिनियाँ एपलाई हटाएको हो । जसमा लोकप्रिय अनलाइन गेम फ्री फायर समेत छ । फ्रि फायरलाई एप्पल स्टोर र गुगल प्ले स्टोर दुबैबाट हटाइएको छ ।
भारतको गृह मन्त्रालयले ती चिनियाँ भर्सन क्लोन्ड एप हुनसक्ने र सबैको काम उस्तै हुनसक्ने जनाएको छ । गोपनियता र सुरक्षाका मुद्दामा यी एपले असर पार्न सक्ने भारतीय गृह मन्त्रालययले जनाएको छ ।
सन् २०२० मा भारतले २६७ वटा एपमा प्रतिबन्ध लगाएको थियो ।