विराटनगर । त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ स्नातकोत्तर क्याम्पस विराटनगरको सभापतिमा प्राध्यापक डाक्टर राजुराम थापा निर्विरोध चयन भएका छन् ।
क्याम्पसमा आइतबार प्राध्यापक संघ गठनको विषयमा भएको निर्वाचन प्रक्रियाबाट थापासहित सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित भएका हुन् । यस्तै उपसभापतिमा प्रा.डा. केशवप्रसाद गड्तौला, सचिवमा सुवाशचन्द्र गौतम, सहसचिवमा सूर्यकुमार यादव, कोषाध्यक्षमा पवनकुमार यादव चयन भएका छन् । सदस्यहरुमा डाक्टर प्रकाशकुमार यादव र दानकुमार ढकाल चयन भएका छन् ।
प्राध्यापक संघका नवनिर्वाचित सभापति थापाले आफ्नो तीन वर्षे कार्ययोजना पेश गर्ने प्रतिबद्धता जनाए । प्राध्यापक संघको इतिहासमा कार्ययोजनासहित पदभार ग्रहण गर्ने पहिलो सभापति हुने स्नातकोत्तर क्याम्पस विराटनगरका पूर्व क्याम्पस प्रमुख डाक्टर मनोजकुमार राउतले बताए । थापाले आउँदो शुक्रबार प्रतिबद्धतासहितको कार्ययोजना पेश गर्ने उनको भनाइ छ ।