दूध संकलन गर्न चारफिटे लाइन

विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका ८ स्थित तोरिबारीमा चार फिट दुरीमा लाइन कायम गरेर दूध संकलन गर्न थालिएको छ ।
सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउन आव्हान गरेपछि त्यहाँका किसानहरुले दूध बिक्री गर्न पाएका थिएनन् ।

तोरिबारी लघु उधमी कृषि सहकारि संस्थाले किसानले उत्पादन गरेको दूध खेर जानथालेपछि सम्भवित संक्रमणबाट पूर्ण सावधानीका साथ दूध संकलन कार्यलाई निरन्तरता दिएका हो । त्यसका लागि सहकारीले एक व्यक्तिबाट अर्को व्यक्तिबीचको दुरी ४ फिट कायम गरेको छ ।

सहकारीले सडकमा चुना राखेर उभिने ठाउँ तोकिएको छ । लाइन मिलाउन सहकारीका पदाधिकारीहरु पञ्जा र मास्क लगाएर खटिएको सहकारीका अध्यक्ष रमेश बस्नेतले जानकारी दिनुभयो ।

तस्बिर : सन्तोष गौतम, मधुमल्ला

शनिबार, १५ चैत, २०७६, बिहानको ०८:२२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर