विराटनगरमा अक्सफोर्ड एजुकेशन एण्ड भीषा सर्भिस

विराटनगर । अध्ययनका लागि अष्ट्रेलियालगायतका मुलुक जान चाहने विद्यार्थीहरूलाई भीषालगायतका कुरामा सहजीकरण गर्ने उद्देश्यले विराटनगरमा अक्सफोर्ड एजुकेशन एण्ड भीषा सर्भिस सञ्चालनमा आएको छ ।

पछिल्लो समय प्लस टु उत्तीर्ण गरेका विद्यार्थीहरू अध्ययनका लागि अष्ट्रेलियालगायतका मुलुकमा जान चाहने भएकाले त्यस्ता विद्यार्थीलाई भीषासहित कानुनी प्रक्रियामा सहजीकरण गर्नका लागि प्रदेशको राजधानीमा सर्भिस सेण्टर सञ्चालनमा ल्याइएको सर्भिस सेण्टरका सञ्चालक त्रिलोचन गौमतले बताए ।

अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गरी शुक्रबारदेखि सर्भिस सेण्टर सञ्चालनमा ल्याएको गौतमले बताए । सर्भिस सेण्टरले अष्ट्रेलिया गएर पढ्न रुचाउने विद्यार्थीहरूका लागि कलेज छनौट, खाने बस्ने सुविधालगायतका विषयमा सर्भिस सेण्टरले सहयोग गर्ने उनको भनाइ छ ।

विदेशमा गएर एकाउटिङ, आइटी, नर्सिङ्ग, इञ्जिनियरिङ्ग, हस्पिटालिटी, म्यानेजमेन्ट अध्ययनका लागि सर्भिस सेण्टरले सहजीकरण गर्नेछ । विराटनगर शैक्षिक हब भएकाले धेरै विद्यार्थी उच्च शिक्षाका लागि आउने गरेका कारण त्यस्ता विद्यार्थीहरूले विदेश अध्ययनका लागि जान सजिलो होस् भनेर सर्भिस सेण्टर सञ्चालनमा ल्याएको सञ्चालक गौतमको भनाइ छ ।

बिहिबार, २० माघ, २०७८, साँझको ०६:४३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर