विराटनगर इन्टरनेशनल कलेजको म्यानेजमेन्टमा विद्यार्थी आकर्षित

विराटनगर । बेलायतको पब्लिक विश्वविद्यालय व्लभरह्याम्टनको पाठ्यक्रम अनुसार विराटनगरमा सुरु भएको तीन वर्षको इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कोर्षमा विद्यार्थीको आकर्षण बढेको छ ।

इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट पूर्वमा पढाई हुन थालेपछि पूर्वका विभिन्न सहरका विद्यार्थी आकर्षित भएका हुन् । उक्त कोर्ष होटेलसँग मात्रै सम्बन्धित नभएको र यसका विभिन्न क्षेत्र जस्तै रिसोर्ट, केटरिङ, बैँक, पानीजहाज, रियल स्टेट, सिनेमा हल, उड्ययन र अन्य धेरै क्षेत्रमा हस्पिटालिटी अध्ययन गरेका विद्याथीले रोजगारीको अवसर पाउने भएको कारण आकर्षण बढेको कलेजका प्रमुख कार्यकारी डा. ऋषिकेश वाग्लेले जानकारी दिए ।

विधार्थीहरुले कोर्षमा सैद्धान्तिक र व्यवहारिकता दुवै पक्षबाट हस्पिटालिटी क्षेत्रमा आवश्यक बिभिन्न स्किल सेट लेक्चर–ट्युटोरियल–वर्कशप बिधिबाट सिक्न पाउने छन् । जसका कारण अन्तरास्ट्रियस्तरमा हस्पिटालिटी क्षेत्रसँग नजिक रही ज्ञान तथा सिप हासिल गर्न सक्ने उनले बताए । होटेल म्यानेजमेन्ट भन्दा भिन्न र अझ परिस्कृत रहेको उक्त कोर्षले विद्यार्थीहरूलाई स्वरोजगार हुन तथा म्यानेजमेन्ट लेवलमा अब्बल बनाउने कार्यकारी वाग्लेले बताए ।

विद्यार्थीहरुले यस क्षेत्रसँग सम्बन्धित रहेका प्रतिष्ठित औद्योगिक पार्टनरहरुसँग फिल्डवर्क गर्न पाउने कार्यकारी वाग्लेले बताए । विद्यार्थीहरुलाई हस्पिटालिटी क्षेत्रको व्यस्थापकीय पक्षसँग बढी जोड दिएर कोर्ष तयार भएको कारण विद्यार्थीहरुलाई कुनैपनि हस्पिटालिटीसँग सम्बन्धित क्षत्रमा रोजगारीको राम्रो अवसर रहेको कलेजका हस्पिटालिटी म्यानेजमेन्ट कोर्डिनेटर रवी झाको दाबी छ ।

उक्त कोर्षमा विद्यार्थीहरुले हस्पिटालिटी कन्सेप्ट, इभेन्ट्स म्यानेजमेन्ट, प्रोफेसनल म्यानेजर एण्ड लिडरसिप, हस्पिटालिटी लिडरसिप, हस्पिटालिटी प्रपर्टी म्यानेजमेन्ट, ट्राभल एण्ड टुरिजम म्यानेजमेन्टलगायतका विषयमा अध्ययन गर्नेछन् । यस कोर्ष पढेका विद्यार्थीले आफ्नै हस्पिटालिटीसँग सम्बन्धित व्यवसाय गर्न सफल हुने अपेक्षा कलेजको रहेको छ ।

कलेजले विद्यार्थीलाई व्यवहारिकरुपमा यस क्षेत्रसँग जोड्न भारतको प्रख्यात टाटा ग्रुप अफ हस्पिटालिटी, थाइल्याण्डको होटेल एसिया साथै नेपालमा नेपालीरिका ग्रुप लगायतसँग समझदारी गरी अघि बढेको जनाएको छ ।

नेपालसहित विश्व बजारमा हस्पिटालिटी क्षेत्रमा ठूलो माग रहेको अवस्थामा दक्ष जनशक्तिको लागि कलेजको उक्त कोर्ष विद्यार्थीहरुको लागि फलदायी हुने कलेजको दाबी छ ।

विराटनगर इन्टरनेशनल कलेजमा इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट सहित बिगत ८ वर्षदेखि इन्टरनेशनल बिजनेस म्यानेजमेन्ट (बिआइबिएम) पनि पढाइ हुँदै आएको छ । इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा संचालित यस कलेजले विदेश नै गएर ठूलो लगानीमा अन्तरास्ट्रिय शिक्षा लिनुपर्ने बाध्यतालाई चिर्दै नेपालमै बेलायतका कोर्ष सर्वसुलभ खर्चमा पढाउँदै आएको ग्रुपका अध्यक्ष सुलभ बुढाथोकीको भनाइ छ ।

सोमबार, १७ माघ, २०७८, दिउँसोको ०२:२९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर