स्नेहा खरेल
विश्वको पहिलो एनेस्थेसिया अमेजन बेसिनको मुखले स्वास लिने पाइप अन्तर्गत आदिवासी इण्डियनको विषालु भालामा आश्चर्यपूर्वक भेटिएको थियो । यहाँ कुरेयर नामक एक औषधि भेटियो, सरी हिले जसले जीवन मार्न र बचाउन सक्दथ्यो ।
यो सुरक्षाकर्ता विष आदिवासी इण्डियनहरूद्वारा अति नै तीतो विषालु बढिरहेको अंगुरको लहराको बोक्राबाट आविष्कार गरिएको थियो । सर्वप्रथम बोक्रा छुट्याइयो र त्यसपछि धूलो पारियो अनि चिसो पानीमा राखेर रेसादार गुदी छानियो र अन्त्यमा बचेको पेयलाई उमालियो, एक प्रकारको खुदो उत्पादन गर्नको लागि किराकग्युरोको रूखको रस, जसले भालाको टुप्पोलाई जोड्छ पनि थप्नु पर्दछ भन्ने कुरा इण्डियनहरूले थाहा पाए । पुराना बीजको लागि पनि इण्डियनहरू सर्वोत्कृष्ट रूपमा चिनिन्छन् । साथै विषालु सर्प, ठूला रौयुक्त माकुराहरू र कमिलाको चुच्चोमा समेत रहेको दाँतको जरा र कलेजोको मिश्रणमा अनौठो अवयवको संख्या समावेश गर्नमा पनि चिनिन्छन् ।
यो आदिवासी इण्डियनहरूद्वारा प्रयोग गरियो, जुन विषालु कुरेयर थियो । यस क्रममा विषालु भालाले प्रहार गरेता पनि मुटु निष्प्रभावित रह्यो । तर, विष मांसपेशीमा पुग्यो । यो केवल सन् १९३५ मा एक अंग्रेजी ड्ड चिकित्सक हेरोल्ड किङले कुरेयरमा मुख्य पक्षघाती तत्व हुन्छ भनेर पत्ता लगाएका थिए । त्यही वर्ष गुलिमों जी क्लुग नामक जर्मनी वनस्पतिविद्ले त्यो पक्षघातकर्ताको मुख्यश्रोत भएको पत्ता लगाए । त्यसपछि औषधि कम्पनीहरू विशिष्ट शक्ति कुरेयर उत्पादन गर्न सक्षम भए र औषधिमा शक्तिशाली जडीबुटीमा लेप लगाउने बाटो खुला भयो ।
कुरेयर सर्वप्रथम आधुनिक औषधिमा पक्षघात उपचारको समयमा रोगीलाई रिल्याक्स गराउन प्रयोग गरिएको थियो । सन् १९४२ मा डा.ह्यारोल्ड ग्रिफ्थले यसलाई सर्वप्रथम शल्यक्रियामा विरामी लठ्याउनको लागि प्रयोग गरेका थिए ।