विराटनगर। नेकपा (एकीकृत समाजवादी) विराटनगर महानगर कमिटीले विभिन्न विभागीय जिम्मेवारी तोकेको छ ।
महानगर कमिटीका अध्यक्ष पारुल क्षेत्रीको अध्यक्षतामा विराटनगरमा शनिबार भएको पूर्ण बैठकले जिम्मेवारी तोकेको हो । नेकपा (एस) का पोलिटब्यूरो सदस्य तथा १ नम्बर प्रदेश कमिटी सचिव एवं महानगर कमिटी इन्चार्ज महेश रेग्मीको प्रमुख अतिथित्य तथा केन्द्रीय सल्लाहकार सदस्य शम्भु शाहको विशेष आतिथ्यतामा बसेको बैठकले विभागीय जिम्मेवारी ठोस गरेको हो ।
जसमा पदाधिकारीतर्फ अध्यक्ष पारुल क्षेत्री, उपाध्यक्षहरु खेमराज तिमिल्सिना, रमेश न्योपाने, सचिव मिरा दाहाल, उपसचिवहरु योगेश राजभण्डारी, नेत्रप्रसाद निरौला, नौसाद परवेज रहेका छन् ।
त्यसैगरी विभागीय जिम्मेवारीमा स्थानीय निकाय खेमराज तिम्सिना, स्कुल विभाग रमेश न्यौपाने, संगठन विभाग मिरा दाहाल, विद्यार्थी विभाग योगेश राजभण्डारी, कृषि तथा भूमिसुधार नेत्रप्रसाद निरौला, श्रम विभाग नौसाद परवेज, आर्थिक विभाग विश्वकान्त दाहाल, कानुन विभाग अनिल खड्का, खेलकुद विभाग चिनाकाजी थापा मगर, प्रचार विभाग ध्रुब भट्टराई, स्वास्थ्य विभाग देशबन्धु ढकाल, युवा विभाग सुवास घिमिरे, विपत व्यवस्थापन विभाग सुरेश तामाङ, महिला विभाग जानुका कोइराला, साहित्य तथा सस्कृति विभाग अम्बिका पराजुली, वन तथा वातावरण रमण गौतम, समाज कल्याण रमेश प्याकुरेल रहेका छन् ।
बैठकले वडा इन्चार्जहरु तोकेको छ जसमा १) देवराज ढकाल २) कौसर खान ३) उमेश श्रेष्ठ ४) जितनारायण चौधरी ५) जावेद हैदर ६) आमोद कुइकेल ७) प्रेम गुरुङ ८) मनोज कर्ण ९) मन्जीत शाह १०) राजेन्द्र मण्डल ११) रोशन बन्जरा रहेका छन् । बाँकी वडा इन्चार्जहरु सचिवालयको बैठकले जिम्मेवारी तोक्ने नगर कमिटीका उपसचिव योगेश राजभण्डारी जानकारी दिए।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!