विराटनगर । विराटनगरमा पुस २५ गते हुने जिल्ला सहकारी संघ लि. मोरङको नयाँ नेतृत्वको लागि विवाद बढेको छ । १ नम्बर प्रदेश सहकारी संघका अध्यक्ष डिल्ली पोखरेलले जिल्लामा पनि दाबी गरेपछि विवाद बढेको हो ।
विवाद बढेसँगै अध्यक्षमा दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । सहकारीको नयाँ नेतृत्वको लागि अध्यक्षमा विरेन्द्र यादव र डिल्ली पोखरेलले उम्मेदवारी दर्ता गराएका छन् । पोखरेल प्रदेश सहकारी संघका वर्तमान अध्यक्ष हुन् भने यादव मोरङ जिल्ला सहकारी संघका सचिव हुन् ।
बरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा भने सर्वसम्मत चयन भइसकेको छ । जसमा बरिष्ठ उपाध्यक्षमा विजय माझी, महिला उपाध्यक्षमा पार्वता बराल, सचिवमा राकेश दाहाल, सहसचिवमा युवराज भट्टराई र कोषाध्यक्षमा अमृत गुरुङमा सर्वसम्मत भइसकेका छन् । सदस्यहरुको ८ पदमा भने १८ जनाले उम्मेद्वारी दिइसकेका छन् ।
जिल्ला सहकारी संघ मोरङको सचिव साथै विभिन्न सामाजिक संघसंस्थामा आवद्ध रहेका यादवले अध्यक्षमा उम्मेद्वारी घोषणा गरेसँगै चुनावी सरगर्मी बढेको छ । सहकारीको अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै यादवले संघलाई सबल र सशक्त पार्न नयाँ नेतृत्व चाहिने भएकोले आफूले उम्मेद्वारी दिएको बताए ।
उनले निर्वाहमुखी व्यवसायलाई रुपान्तरण गर्दै आत्मनिर्भर र शेयर सदस्यहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक अवस्थामा परिवर्तन ल्याउने अभियानको साथ उम्मेदवारी दिएको बताए । ‘सहकारी भित्रको आर्थिक अवस्थालाई विष्लेषण गर्दै शेयर सदस्यहरुको शेयर रकमलाई उत्पादनमुखी कार्यमा लगाई सदस्यहरुको आर्थिक वृद्धि गराउने मेरो लक्ष्य रहेको छ,’ उनले भने, ‘सहकारीलाई व्यवसायीकरण गराउँदै अगाडि बढाउनु मेरो अर्को लक्ष्य छ ।’ मोरङ जिल्लामा एक हजार भन्दाबढी छरिएर रहेका सहकारी भएपनि अहिलेसम्म ३ सय ९५ मात्र सहकारी संघमा आवद्ध रहेका छन् । ‘संघको नेतृत्वमा आएपछि जिल्लाभरी छरिएर रहेका हजारभन्दा बढी सहकारीलाई यस छाता संगठनमा आवद्ध गराएर जिल्ला सहकारी संघलाई सवल र सुदृढ बनाएर अगाडि बढाउँछु,’ यादव भने, ‘सहकारी संचालनमा रहेका कानुनी जटिलतालाई समाधान गरि अगाडि बढाउनेछु ।’
सहकारी संचालनमा वित्तीय समस्या समाधान गर्न सहकारी क्षेत्रमा लगानी गर्ने एक मात्र राष्ट्रिय सहकारी बैंकसँग समन्वय गरी आर्थिक जटिलतालाई सरलीकृत गरेर अगाडि बढ्ने उनले बताए ।
जिल्ला सहकारी संघ मोरङको अध्यक्ष डिल्ली पोखरेल छन् । उनी प्रदेश नम्बर १ सहकारी संघका अध्यक्ष पनि हुन् । प्रदेश अध्यक्ष समेत रहेका पोखरेलले जिल्ला सहकारी संघमा तेस्रो कार्यकालको लागि अध्यक्षमा उम्मेदवारी दिएका छन् । ‘विगत लामो समयदेखि सहकारीको नेतृत्वमा बसेर काम गर्दै आएका पोखरेलले पुनः उम्मेदवारी दिनुले पद लोलुपता देखिन्छ,’ नव कान्तिपुर बहुउद्देश्य सहकारी संस्थाका संचालक नविन भट्टराईले भने, ‘पटक–पटक सहकारीको नेतृत्वमा आउनु र आप्mनै गठजोडका सहकर्मीलाई मात्र संचालकमा ल्याउनु रहस्यमय छ ।’
सहकारी संस्थालाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्ने थलोको रुपमा रुपान्तरित गर्दै संस्थाको गतिविधिहरूलाई ओझेलमा पारेको कुराले पोखरेलको उम्मेदवारीविरुद्धमा नयाँ नेतृत्व ल्यानुपर्ने सहकारीकर्मीको भनाइ छ ।



2 प्रतिक्रियाहरू
Sabai le palo paunu parxa natra uhi rajtantra para vayo ni
Birendra Yadav must be जिल्ला सहकारी संघ मोरङको अध्यक्ष. He more able.
He must get chance to do something Big on the field of Cooperative.