आज पनि सुनचाँदीको मूल्य घट्यो

आज पनि सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा फेरी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएकोमा शुक्रबार ७०० रुपैयाँले घटेर प्रतितोला ९१ हजार ६०० रुपैयाँ कायम भएको हो ।

शुक्रबार छापावाल सुन प्रति १० ग्राम ७८ हजार ५३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार १०० रुपैयाँ कायम भएको छ ।शुक्रबार चाँदीको मूल्य प्रतितोला एक हजार २२५ रुपैयाँ कायम भएको छ ।बिहीबार चाँदी प्रतितोला एक हजार २३५ रुपैयाँ कायम भएको थियो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्