विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले सवै जातजाती मिलेरे भाषा संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् । मातृभाषा हराउँदै गएको भन्दै उनले भाषा संरक्षणमा जोड दिएका हुन् ।
भाषा आयोगद्वारा घोषित प्रादेशिक भाषा मैथली र लिम्बू सम्बन्धि अन्र्तक्रिया कार्यक्रममा मन्त्री यादवले पछिल्लो समय मातृभाषाको प्रयोग घट्दै गएकोप्रति चिन्ता व्यक्त गरे । मातृभाषाको संरक्षण हुन नसके विस्तारै हराएर जाने उनले बताए ।
कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री बिष्णुमाया तुम्बाहाम्फेले पनि सबै जातजातिको भाषा संरक्षण गर्नुपर्नेमा जोड दिइन् । विराटनगरका मैथली र लिम्बू भाषिक संस्थाहरुको आयोजनामा कार्यक्रम भएको हो ।