जिल्लास्तरी ‘ए’ डिभिजन लिग : मोतीराम विजयी

विराटनगर । जिल्लास्तरी ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा मोतीराम स्पोर्टिङ क्लब विजयी भएको छ ।

मोरङ जिल्ला फुटबल संघले विराटनगरको सहिद मैदानमा आयोजना गरेको प्रतियोगिताअन्तर्गत बुधबारको पहिलो खेलमा सम्राट स्पोर्टिङ क्लब र बेलबारी फुटबल क्लब १–१ गोलको बराबरीमा समान अंक बाँडे । दोस्रो खेलमा मोतीरामले श्री हरैँचा स्पोर्टिङ क्लबलाई ३–१ गोलमा पराजित विजयी भयो । मोतीराम विजयी हुँदा समूह ‘क’को विजेता र हरैँचा उपविजेता भए ।

बुधबारको पहिलो खेलमा बेलबारीका आदित्य तामाङले ३० औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफको अतिरित्त समय सम्राटका सनिज लिम्बूले गोल गर्दै खेललाई बराबरी पारे । खेलको म्यान अफ द म्याच बेलबारीका आदित्य तामाङ घोषित भए ।

त्यसैगरी, दोस्रो खेलमा म्यान अफ द म्याच मोतीरामका सौरभ कार्कीले २ गोल गर्दै टोलीलाई विजयी बनाए । उनले खेलको ३२ र ३३ औं मिनेटमा गोल गरेका थिए । हरैँचाका लागि एकमात्र सान्तवना गोल पहिलो हाफको अतिरित्त समयमा राजेन्द्र अधिकारीले गरे ।

प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ र उपविजेताले नगद २५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्ने छन् । पुस २४ गते सञ्चालन हुने प्रतियोगितामा नवप्रगतिशील क्बल, उर्लाबारी स्पोर्टिङ क्लब, साइनो स्पोर्टिङ क्लब, युनाइटेड स्पोर्टिङ क्लब, बेलबारी फुटबल क्लब, मोतीराम स्पोर्टिङ क्लब, श्री हरैंचा स्पोर्टिङ क्लब र सम्राट स्पोर्टिङ क्लब सहभागिता रहेको छ ।

प्रतियोगिताअन्तर्गत बिहीबार नव प्रगतिसिल सेवा समाज र युनाइटेड स्पोर्टिङ क्लब तथा दोस्रो खेल साइनो स्पोर्टिङ क्लब र उर्लाबारी स्पोर्टिङ क्लबबीच प्रतिष्पर्धा हुने खेल संयोजक धनबहादुर लामाले बताए ।

बुधबार, २१ पुष, २०७८, साँझको ०६:५७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर