चार दिन लगातार बढेको शेयर बजार ३० अङ्कले घट्यो

चार दिन लगातार बढेको शेयर बजार ३० अङ्कले घट्यो

विराटनगर । चार दिन लगातार बढेको शेयर बजार परिसूचक नेप्से आज घटेको छ । नेप्से आज ३० दशमलव ७५ अङ्कले घटेर दुई हजार ६ सय ४९ दशमलव २० विन्दुमा झरेको छ ।

आज हाइड्रोपावर र फाइनान्सबाहेक अरू सबै समूहको शेयर घटेकोमा निर्जीवन बीमा समूह, माइक्रोफाइनान्स, विकास बैंक, होटल र जीवन बीमा समूहको शेयर उच्च अङ्कले घटेको छ ।

आज दुई सय ३६ कम्पनीका ९५ लाख ५९ हजार कित्ता शेयर चार अर्ब ६२ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको १८ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

आज विजय लघुवित्त, फर्स्ट माइक्रोफाइनान्स विकास बैंक, किसान लघुवित्त र सिभिल लघुवित्त कम्पनीको शेयर सबैभन्दा धेरै चार प्रतिशतभन्दा धेरैले घटेको छ । आज मध्यभोटेकोसीको शेयर भने झन्डै १० प्रतिशतले बढेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्