विराटनगर । मोरङ उर्लाबारीका सनम शाक्य हत्या तथा साढे ३३ किलो सुन तस्करी प्रकरणसँग जोडिएका रमेश उप्रेतीलाई आज जिल्ला अदालत मोरङमा उपस्थित गराएको छ । इन्टरपोलको सहयोगमा दुबईबाट पक्राउ गरी हिजो काठमाडौँ ल्याइएका रमेश उप्रेतीलाई आज विराटनगर ल्याएर अदालतमा उपस्थित गराएको हो ।
अदालत उपस्थित गराएको रमेशको भोलि मोरङ अदालतमा बयान हुने र सोहिदिन थुनछेक बहस हुने अदालतले जनाएको छ ।
रमेश सुन तस्करी तथा शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त झापाका चुणामणि उप्रेती(गोरे)का भाइ हुन्न् । सुन तस्करी प्रकरणको रहस्य बाहिरिए पछि फरार भएका उनी युएईमा बस्दै आएका थिए ।
उताबाट सुन नेपाल पठाउने गरेको आरोप लागेका रमेशलाई हिजो दुबईबाट एयर अरेबियाको विमानमार्फत नेपाल ल्याइएको हो ।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!