राष्ट्रिय सभा बैठक पुस २५ मा बस्ने

राष्ट्रिय सभा बैठक पुस २५ मा बस्ने

काठमाडौं । राष्ट्रिय सभाको बैठक पुस २५ गते बस्ने भएको छ । संघीय संसदका महासचिव डा.भरतराज गौतमले आज सुचना जारि गर्दै पुस २५ गते दिउँसो १ बजे बैठक बस्ने जानकारी दिएका हुन् ।

यसअघि ५ पुसमा बसेको बैठकले अर्को सूचना जारी बैठकको मिति र समय पछि तोक्ने उल्लेख गरेकाले सोहीअनुसार राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले २५ पुसमा बैठक बस्ने गरी मिति तोकेका हुन् ।

संघीय संसदका प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवैमा प्रमुख प्रतिपक्षी दल एमालेले अवरोध गर्दै आएको छ । जसले गर्दा संसद् बैठक प्रभावकारी बन्न सकेको छैन

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्