सङ्खुवासभामा आगलागी : एकको मृत्यु

सङ्खुवासभामा आगलागी : एकको मृत्यु

विराटनगर । सङ्खुवासभाको भोटखोला गाउँपालिका–५ लुङसुङमा कटेरोमा आगो लाग्दा जलेर एक जनाको ज्यान गएको छ ।

आगलागीमा परि २३ वर्षीय पङ्खामान राईको ज्यान गएको हो ।

चार जना साथीसँग काठ चिर्न जङ्गल गएका पङ्खामान बसेको कटेरोमा आगलागी हुँदा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक (डीएसपीं) लालध्वज सुवेदीले बताए ।

पङ्खामानलाई एक्लै छोडेर चार जना साथी खाद्यान्न लिन गाउँतर्फ गएको बेला कटेरोमा आगलागी भएको सुवेदीले बताए ।

साथीहरु फर्किएर कटेरोमा पुग्दा पङ्खामान जलेर ज्यान गइसकेको अवस्था भेटिएको प्रारम्भिक जानकारी आएको सुवेदीको भनाइ छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्