विराटनगर । विराटनगर ४ कंञ्चनबारीमा संचालित श्री गणपति ज्वेलरीको बम्पर उपहार स्परुपको आधा तोला सुन विराटनगरकी सिता लिम्बूले जितेकी छिन् ।
ज्वेलरीले आफ्नो ११ औँ वार्षिक उत्सवको अवसरमा एक कार्यक्रमको आयोजना गरि आज पुरस्कार वितरण गरेको हो । त्यस्तै सान्तवना पुरस्कार स्वरुप १० १० ग्रामको चाँदीको सिक्का चारजनाले जितेका छन् ।
चाँदीको सिक्का उपास्ना बन्जरा, दिक्षा ठकुरी, गोमा थापा, अभृत जोशीले प्राप्त गरेका छन् । गत श्रावण १ गतेदेखि कार्तिक २४ गतेसम्म एक तोला भन्दा बढि सुन खरिद गर्ने ग्राहकहरुले सो बम्पर उपहार कार्यक्रममा सहभागिता जनाएको ज्वेलरी संचालक दिपेन्द्र स्वर्णकारले बताए ।
विगत ११ वर्षबाट संचालीत श्री गणपति ज्वेलरीले सुन सम्बन्धिका सम्पुर्ण कारोबार सँगै आईएमी सेवा प्रदान गर्दै आईरहेको छ ।