कृषि क्षेत्रको विकास गरेर देशलाई आत्मनिर्भर बनाउनुपर्छ : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कृषि क्षेत्रको विकास गरेर देशलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिएका छन् । अर्थमन्त्री शर्माले किसान, भूमि, नेपालको हावापानी र जलस्रोतको अन्तरसम्बन्धलाई व्यवस्थित बनाएर मात्रै देशको विकास र उन्नति सम्भव भएको उल्लेख गर्दै त्यसका लागि कृषि क्षेत्रलाई परिचालित गरेर अघि बढ्नुको विकल्प नरहेको पनि स्पष्ट पारे ।

आज काठमाण्डौमा आयोजित नेपाल कृषि सहकारी केन्द्रीय सङ्घको १४ औँ वार्षिक साधारण सभामा बोल्दै उनले कृषि क्षेत्रलाई व्यवस्थित, सङ्गठित र परिचालित गरेर देशको अर्थतन्त्र निर्माणका लागि सरकारले विशेष लगानी गर्नुपर्ने आवश्यक्ता औँल्याए ।

अर्थमन्त्री शर्माले किसानहरूलाई सङ्गठित गरेर कृषि क्षेत्रको विकासमा लगानी बढाउन पनि सहकारीहरूलाई सचेत गराए । उनले त्यसका लागि सरकारले समेत विशेष ध्यान दिने आश्वासन दिए ।

पुस १६, २०७८, दिउँसोको ०२:२६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर