विराटनगर । गुरूङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते आज ‘तमु ल्होसार’ पर्व मनाइरहेका छन् ।
तमु ह्यूला छोज धीं महानगर विराटनगरले बिहीबार विविध कार्यक्रम गरि तमु ल्होसार पर्व मनाएको हो । विराटनगरमा गुरूङ सामुदायका किशोर किशोरीहरुले साँस्कृति नृत्य प्रस्तुत गरि दिनभरी गरमाइलो गरे ।
‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउँछन् । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ ।