काठमाडौं । नयाँ बसपार्कमा भएको सामूहिक बलात्कार घटनाका अर्का आरोपी पनि पक्राउ परेका छन्। प्रहरी यसअघि ८ जनालाई पक्राउ गरेको थियो।
एक जना फरार रहेकोमा बुधबार अपराह्न पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए।
सोमबार साँझदेखि मंगलबारसम्म काठमाडौं-२६ मित्रनगरस्थित बसपार्कका विभिन्न गेष्ट हाउसमा लगेर ३४ वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको थियो।
पक्राउ पर्नेमा युवराज बडुवाल, हिक्मत नेपाली, रतन नेपाली, सुरेश सेजुवाल, दीपक नेपाली, शिवहरि बुढालगायत छन्। पक्राउ परेकालाई प्रहरीले सार्वजनिक गरिसकेको छैन।
ती महिलाको स्वास्थ्य अवस्था सामान्य छ। उनको शारीरिक र मानसिक परीक्षण प्रसूति गृहमा गरिएको छ।