राजसंस्थाको आवश्यकता अझ बढ्यो :अध्यक्ष लिङ्देन

काठमाडौं । राजसंस्थाको आवश्यक्ता अझ बढेर गएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले बताएका छन् । सिक्किम विलय भएको दृष्टान्त पेश गर्दै उनले राजसंस्था नभए नेपाल पनि विलय भएर जाने दाबी गरे ।

स्वर्गीय राजा वीरेन्द्रको स्मृतिमा आज काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष लिङ्देनले राजसंस्था नहुँदा २०३२ सालमा सिक्किम देश विलय भएको र नेपालमा पनि अहिले त्यो खतरा बढेर गएको दावी गरे ।

‘सिक्किम भन्ने नाम पनि छ । त्यहाँको भूगोल पनि छ । त्यहाँको माटो कसैले बोकेर लगेको छैन । सिक्किम सिक्किमै छ । तर सिक्किम भन्ने देश त छैन । अहिले पछिल्लो दिनमा त्यही खतरा हाम्रो देशले बोकिराखेको छ,’ उनले भने, ‘त्यसका लागि नेपालको सन्दर्भमा राजसंस्थाको आवश्यक्ता छ भनेर मैले भन्ने गर्छु ।’

राजनीतिक दलका नेताहरुभन्दा राजा बढी देशभक्त हुन्छन् भन्ने तत्कालीन राजा वीरेन्द्रले प्रमाणित गरेको उनको दाबी छ ।

बुधबार, १४ पुष, २०७८, दिउँसोको ०४:११ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर