पूर्वका उच्च पहाडी क्षेत्रमा भारी हिमपात

विराटनगर । मौसम आएको बदली सँगै गए राति देखि पुर्वका उच्च पहाडी क्षेत्रहरुमा भारि हिमपात भएको छ ।
पुर्वका विभिन्न स्थानहरूमा सिमसिम पानी समेत परिरहेको छ भने इलामको सन्दकपुर, ताप्लेजुङको उच्च पहाडी क्षेत्र, सङ्खुवासभाको किमाथांका, गुफा पोखरी, मङ्गलवारे चौकीमा हिमपात भएको हो ।

त्यस्तै तेह्रथुम, ताप्लेजुङ र सङ्खुवासभाको संगमस्थल तीनजुरे क्षेत्रमा बाक्लो हिमपात भएको स्थानियले बताएका छन् । हिमपातले विशेष गरी ज्येष्ठ नागरिक,सुत्केरी महिला साथै बालबालीकालाई समस्या भएको छ ।

यसैबिच पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशभर वर्षा र हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिनसम्म मौसममा बदली भई वर्षा र हिमपातको सम्भावना रहेको छ ।

पुस १४, २०७८, बिहानको ११:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर