काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (स्मार्ट ड्राइभिङ लाइसेन्स) छपाइ पुनः सुरु गरेको छ । कार्ड नभएकाले विगत १५ महिनादेखि छपाइ बन्द थियो । फ्रान्सबाट १४ लाख प्रति कार्ड ल्याइएपछि छपाइ सुरु भएको यातायात व्यवस्था विभागले जनाएको छ । यसअघि विदेश जानेहरूका लागि मात्र आकस्मिक रूपमा लाइसेन्स दिने गरिएको थियो ।
अहिले नयाँ–पुराना गरी झण्डै ७ लाख स्मार्ट लाइसेन्स छपाइ हुन बाँकी रहेको विभागका प्रवक्ता डा.लोकनाथ भुसालले बताए । अब प्रतिदिन ७ देखि १० हजार कार्ड छपाइ गर्ने योजना रहेको उनको भनाई छ । सरकारले २०७२ सालबाट स्मार्ट लाइसेन्स वितरण थालेको हो । अहिलेसम्म २० लाख स्मार्ट लाइसेन्स वितरण भइसकेको छ ।