पूर्वी सहरमा हतियारको कारोबारी गर्ने गिरोह पक्राउ

विराटनगगर । प्रदेश १ को विभिन्न सहरमा हुने अपराधिक गतिबिधीमा हतियारको सप्लाइ गर्ने गिरोहको सदस्य पक्राउ परेका छन् । सुनसरी प्रहरीले अवैध हातहतियारको कारोबारमा सलंग्न दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

पक्राउ परेका भारत अररिया जिल्ला वासमतिया–६ का ३५ वर्षिय विद्यानन्द राम र सोही ठाउँका ३१ वर्षिय हसिम अन्सारीलाई पक्राउ गरेको सुनसरी प्रहरी प्रमुख एसपी संन्जयसिंह थापाले जानकारी दिए । प्रहरीलाई उनीहरुलाई सुनसरीको कोशी गाउँपालिको १ लौकहीबाट पक्राउ गरेको हो । उनीहरुको साथबाट २ नाल पेस्तोल, ४ वटा म्यागजिन र ३ राउन्ड गोली समेत वरामद गरिएको एसपी थापाले जानकारी दिए ।

भारतदेखि अवैध रूपमा ल्याएको पेस्तोल बोकेर उनीहरु लौकहीको एक होटलमा बसेका थिए । उनीहरूले ल्याएको पेस्तोल पूर्वी सहरमा हुने अपराधिक क्रियाकलापमा संलग्न समूहका सदस्यलाई बिक्री गर्ने गरेको प्रराम्भिक चरणको अनुसन्धानदेखि खुलेको एसपी थापाले जानकारी दिए । ‘पक्राउ परेका गिरोहले भारतदेखि अवैध रूपमा हतियार ल्याएपछि यहाँ ३० देखि ८० हजार रुपैयाँसम्म बिक्री वितरण गर्ने गरेको पाइयो,’ उनले भने, ‘पक्राउ परेका अभियुक्तले समूह हेरेर पनि हातहतियार बिक्री गर्ने गरेका रहेछ ।’
भारतबाट हतियार ल्याएपछि अपराधि समूहलाई बेचबिखचन गर्ने गरेको पाइएको उनले बताए । ‘केही समय अगाडीदेखि पक्राउ परेका व्यक्तिले हतियार ल्याउने तयारी गरेका रहेछन् । हतियार ल्याएको गोप्य सूचना आरधामा हामीले उनीहरूलाई पक्राउ गरिएको हो,’ एसपी थापाले भने ।
पक्राउ प्रतिवादीहरुलाई मुलुकी अपराध संहिता – २०७४ को परिच्छेद ६ को हातहतियार तथा खरखजाना सम्वन्धी कसुर जिल्ला अदालत सुनसरीमा म्याद गरेर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

पुस १३, २०७८, रातीको ०८:०१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर