सुनसरीबाट हतियारसहित दुई भारतीय पक्राउ

विराटनगर । सुनसरीबाट प्रहरीले हतियारसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले भारतको अररिया जिल्ला बासमटियाका दुई जनालाई कोशी गाउँपालिकाबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा बासमटिया–६, बिहार बस्ने ३५ वर्षे विधानन्द राम र पञ्चायत बासमटिया–२ बस्ने ३१ वर्षे हासिम अंसारी रहेका छन् ।

कोशी गाउँपालिका–१, लौकहीस्थित बीएस होटेलमा बसेका उनीहरूको साथबाट दुईथान अटोमेटिक पेस्तोल, चारथान म्याग्जिन, तीन राउन्ड गोली, दुई हजार भारतीय रुपैयाँ, एकथान मोबाइल र बीआर ५० के ०१४९ नम्बरको मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय लौकही र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले उक्त हातहतियार र उनीहरूले प्रयोग गरेको मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरेको जनाइएको छ ।

पुस १३, २०७८, साँझको ०५:२९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर