न्यूरो अस्पतालको मुटुरोग सचेतना अभियान जारी

विराटनगर । न्यूरो अस्पतालले विराटनगरमा मंगलबार एक दिने निःशुल्क मुटु तथा सचेतना मुलक कार्यक्रम आयोजना गरेको छ ।

प्रदेश १ मा पहिलो पटक ‘क्याथल्याब’ बाट मुटुको उपचार सेवा सुरु गरेको अस्पतालले स्थानीय विष्णुमाया पुस्तकालयमा निःशुल्क मुटु जाँच तथा सचेतना कार्यक्रम आयोजना गरेको हो ।

शिविरमा ७२ जनाको परीक्षण गरेको अस्पतालले जनाएको छ । शिविरमा निःशुल्क इको, कार्डियोग्राफी तथा इसिजी गरिएको थियो । न्यूरोले यो महिनाभरी निःशुल्क स्वास्थ्य जाँच र सचेतना कार्यक्रम गर्दैछ । पुस्ताकलयमा भएको यो अभियानको दोस्रो स्वास्थ्य शिविर हो ।

‘क्याथल्याब’ संचालन गरेको आठौं वर्षमा प्रवेश गरेको अवसरमा यस अघि पनि विराटनगरको स्नातकोत्तर क्याम्पसमा शिविरको आयोजना गरेको थियो ।

यी शिविरहरूमा अस्पतालका विज्ञ चिकित्सकहरु प्रदेशकै पहिलो विशेषज्ञ इन्टरभेन्सनल कार्डियोलोजिस्ट डा.निकेशराज श्रेष्ठ, वरिष्ठ मुटुरोग विशेषज्ञ डा. राजिव श्रेष्ठ, मुटुरोग विशेषज्ञ डा. राजन कर्णलगायतको उपस्थिती रहेको छ ।

‘क्याथल्याब’ आठौं वर्षमा पुगेको अवसर पारेर अस्पतालले विराटनगरको अन्य विभिन्न स्थानहरुमा पनि पुस महिना भरि मुटुको निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । ‘मुटु रोग सम्बन्धी सचेतनाको कमिले मुटुका विरामी बढेका छन्, कतिपयको अकालमै ज्यान जान्छ,’ डा.निकेशराज श्रेष्ठले भने, ‘त्यही भएर सचेतना जरुरी छ ।’

असन्तुलित खानपीन तथा शारिरीक कसरत अभावले निम्त्याउने हृदयाघातका विरामीको वायाँ तर्फको छाती क्रमशः दुख्दै दायाँ हाततर्फ सरेमा तत्काल विशेषज्ञ चिकित्सकसम्म पुग्नुपर्ने डा.श्रेष्ठको आग्रह छ ।

मङ्गलबार, १३ पुष, २०७८, दिउँसोको ०४:२२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर