अरुण तेस्रो जलविद्युत् : रोक्का जग्गाको मुआब्जा दिन माग

काठमाडौं । अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रसारण लाइनका लागि रोक्का गरिएका जग्गाको मुआब्जा उपलब्ध गराउन खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले माग गरेको छ ।

सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रोको प्रसारण लाइन क्षेत्रमा पर्ने जग्गाका धनीलाई जग्गा रोक्का राखिएको अवधिको मुआब्जा उपलब्ध गराउन गाउँपालिकाले माग गरेको हो ।

२०७६ साल मंसिर १० गतेदेखि रोक्का गरिएको जग्गा प्रसारण लाइनको रुट परिवर्तनसँगै मुआब्जा निर्धारण समितिले गएको भदौमा फुकुवा गर्ने निर्णय गरेको थियो ।

अरुण तेस्रोको प्रसारण लाइनका लागि पहिला रोक्का राखेर पुनस् फुकुवा गरिएका जग्गाको मुआब्जा उपलब्ध गराउनका लागि गाउँपालिकाले भारत सरकार स्वामित्वको निर्माण कम्पनी एसजेभीएन समक्ष माग गर्ने निर्णय गरिसकेको दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताउनुभयो ।

पुस १३, २०७८, दिउँसोको १२:४७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर