लायन्स क्लव र लियो क्लव मिल्स एरियाको संयुक्त पदस्थापना

विराटनगर । लायन्स क्लव अफ मिल्स एरिया विराटनगर र लियो क्लव अफ अफ मिल्स एरियाको संयुक्त पदस्थापना तथा सपथग्रहण भएको छ ।

विराटनगरको श्रीकृष्ण पार्टी प्यालेसमा आइतवार सम्पन्न कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लव इनटरनेशनल ३२५ एवान का डिष्ट्रिक गभर्नर लायन रेवतबहादुर कार्कीले वर्ष २०२१/०२२ का पदाधिकारीहरुलाई सपथ खुवाएका थिए । लायन्सका तर्फबाट अध्यक्षमा प्रल्हाद बस्नेत प्रथम उपाध्यक्ष संजय कुमार कलवार, द्वितीय उपाध्यक्ष राजेन्द्र प्रसाद साह, त्रितीय उपाध्यक्ष योगेन्द्र साह, चौथो उपाध्यक्ष राजेस खण्डेवाल, सचिव भरत दङ्गाल, सहसचिव रामकुमार चौधरी र चेयर पर्शन विनोद कुमार साहलगायत २१ सदस्यीय पदाधिकारी छन् ।

त्यसै गरी लियो क्लवका तर्फबाट अध्यक्षमा प्रशंसा बस्नेत, उपाध्यक्ष संजोग भगत र सचिव कृतिका साह, एड्भाइजर योेगेन्द्र साहलगायत १७ सदस्यीय पदाधिकारी चयन भएका छन् । कार्यक्रममा गभर्नर कार्कीले विगत १ वर्षभित्र लायन्स क्लवले गरेका वार्षिक कार्यक्रमको समीक्षा तथा आउने वर्षका लागि योजनाको जानकारी गराएका थिए ।

कार्यक्रममा पूर्व गभर्नरहरु लीला ढुङ्गेल, फुलकुमार लालवानी, राजन खत्री तथा लायनकर्मी मनोज साह, कैलास साह, विकास अधिकारी, राजु अधिकारी, विजयहरी शर्मा, सूर्यमान वज्रचार्य, एवीसी नेपालकी विष्णु शर्मालगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा उद्घोष दैनिका दीपक खड्का, मकालु टेलिभिजनका नविन कर्ण र हिन्दुस्थान दैनिकका बरुण मिश्रालाई खादा, ढाका टोपी र मायाको चिनो दिई सम्मान गरिएको थियो ।

पुस १२, २०७८, रातीको ०८:५१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर