विराटनगर । विराटनगर महानगरले नगरक्षेत्रमा कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि डिस इन्फेक्सन अर्थात् निर्मलीकरण अभियानको शुरुवात गरेको छ ।
महानगरको ल्यावमा आफ्नै जनशक्ति प्रयोग गरी निर्मलीकरण अभियान शुरु गरेको हो ।
सोडिएम हाइपो क्लोराइड लगायत विभिन्न रसायनबाट बनाइएको स्प्रे पहिलो चरणमा नगरक्षेत्रको कोशि अस्पतालबाट शुरुवात गरिएको छ । नगरवासीलाई कोरोना संक्रमणवाट जोगाउन यो कार्यक्रम फलदायी हुने माहानगर प्रमुख भीम पराजुलीले जानकारी दिनु भयो ।