विराटनगर । सोम्स कलेज विराटनगरले आयोजना गरेको २ दिने बैंकिङ कक्षा आज समापन भएको छ ।
विषयगत ज्ञानको बारेमा मात्र जानकार विद्यार्थीहरुलाई व्यवहारिक ज्ञानको पनि आवश्यकता रहेको महसुस गरी सिभिल बैंकसँगको सहकार्यमा कक्षा संचालन गरिएको थियो । उक्त कक्षामा बैंक खाता खोल्ने तरिका, बैंक भौचर भर्ने तरिका, एटिएम कार्ट, ओटिपी नम्बरको महत्वको विषयमा जानकारी गराइएको थियो ।
यसका साथै मोबाइल बैंकिङ सेवाको बारेमा पनि जानकारी गराइएको थियो । समयको गतिसँगै अबको युवाले यी कुरा बुझ्नुपर्ने भए पनि व्यवहारिक शिक्षा नहुँदा यस खालको तालिम आयोजना गरिएको सोम्स कलेजका डाइरेक्टर रोशन घिमिरेले बताए ।
विराटनगरका अन्य बिबिएस कलेजहरुमध्ये छुट्टै पहिचान बोकेको कलेजले विद्यार्थीहरुलाई अन्तराष्ट्रियस्तरको चाटर्ड एकाउन्टेन विषय पनि अध्यापन गराउँदै आएको छ । विश्वको १८१ वटा देशमा मान्यता प्राप्त चार्टड एकाउन्टेन जस्तो राम्रो विषयहरुको अध्ययन गर्न अब काठमाडौंजानु पर्ने बाध्यता हटेको उक्त कलेजका डाइरेक्टर घिमिरेको दाबी छ ।