श्रीमती हत्या आरोपमा पाँचथरमा श्रीमान् पक्राउ

विराटनगर । श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पाँचथरको फाल्गुनन्द गाउँपालिका-२ ईम्बुङका इन्द्र कुमार नेम्बाङ रहेका छन् ।
पुस ९ गते सामान्य घरायसी विषयमा वादविवाद हुँदा रिसको आवेगमा उनले आफ्नै श्रीमती ४५ बर्षीया जीवन कुमारी नेम्वाङलाई लोहोरोले टाउकोमा प्रहार गर्दा घाइते भएकी नेम्बाङको बिर्तामोडको बिर्तासिटी अस्पतालमा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको हो ।

घटनाको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरी टोलीले घटनामा संलग्न नेम्बाङलाई नियन्त्रणमा लिएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

पुस १२, २०७८, दिउँसोको ०३:४८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर