माओवादी केन्द्र आठौँ राष्ट्रिय महाधिवेशनः बन्द सत्रमा अध्यक्ष प्रचण्डद्वारा दस्तावेज प्रस्तुत

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनको बन्द सत्र आज विहान साढे ११ बजेबाट सुरु भएको छ । बन्द सत्रमा पार्टी अध्यक्ष क. पुष्पकमल दाहाल प्रचण्डले वैचारिक एवम् राजनीतिक दस्तावेज प्रस्तुत गरेका छन् ।

बन्द सत्र सञ्चालनका लागि पार्टी स्थायी समिति सदस्य क. कृष्णबहादुर महराको अध्यक्षतामा क. गिरीराजमणी पोखरेल, क. गणेश साह, क. पर्शुराम तामाङ, क. पूर्णाकुमारी सुबेदी, क. पर्शुराम रम्तेल र क. रुपा महर्जन सदस्य रहेकाे सात सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ । हलबाट पारित अध्यक्ष मण्डलको बैठकले क. कृष्णबहादुर महरालाई अध्यक्ष मण्डलको अध्यक्षमा चुनेको हो ।

अध्यक्ष क. प्रचण्डले दस्तावेज प्रस्तुत् गरेपछि आजै स्थायी समिति सदस्य क. देव गुरुङले विधान मस्यौदा प्रस्तुत गर्नेछन् । वैचारिक राजनीतिक दस्तावेज र विधान मस्यौदामाथि छलफल गर्न आजै समूह विभाजन गरी छलफल सुरु गर्ने कार्यक्रम छ ।

सोमबार, १२ पुष, २०७८, दिउँसोको ०१:२८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर