अधिवेशनको रन्को सकेर आफ्नै काममा फन्को

 डा. बालकृष्ण साह

नेपाली काँग्रेसको १४ औं अधिवेशन भर्खरै सम्पन्न भएको छ, यद्यपि परिणामहरु आउने क्रम जारी नै छ । नेकपा एमाले, नेकपा माओवादी जस्ता ठूला पार्टीहरुको पनि अधिवेशनका केही चरणहरु सकिसकेको छ र पूर्णता पाउने क्रममा छ । यस पटक यी अधिवेशनहरुमा युवाहरु निकै आकर्षित थिए । राजनितिक आस्था भएर पनि सक्रिय राजनीतिमा नआएका पेशाकर्र्मी, बुद्धिजीवीहरु पनि अधिवेशनमा उत्रिएका देखिए । म कसरी अपवाद बन्न सक्छु ? आफ्नो व्यस्त समयलाई व्यवस्थापन गर्दै समाजसेवामा सक्रिय रहदै आएको म यस अवसरलाई गुमाउन चाहिन । विद्यार्थी कालमा नेपाल विद्र्याी संघसँग जोडिएको म त्रि–चन्द्र कलेज र पाटन संयुक्त क्याम्पसमा रहदा राजनीतिमा सक्रिय थिए । तर एमबीबीएस अध्ययन गर्न शुरु गरेपछि राजनीतिमा पूर्णरुपले निस्कृय थिएँ भन्दा फरक नपर्ला ।

१४ आंै अधिवेशनले मेरो निस्कृयतालाई फेरि सक्रिय बन्न पुगे । क्षेत्रीय प्रतिनिधि हुँदै प्रदेश अधिबेशन प्रतिनिधिसम्म निर्विरोध हुँदै आए । प्रदेश कार्यालय र आफ्नो कार्यक्षेत्र विराटनगर नै भएकाले पार्टीमा पनि विज्ञका रुपमा सहयोग गर्ने ईच्छा जाग्यो । नेतृत्वमा राजनीतिलाई पेशा बनाउने भन्दा पनि पेशाकर्मीहरु चाँहि हुनु पर्छ अनि मात्र राजनीतिमा स्वच्छता आउने विश्वास रहेका कारण पनि म अगाडि सरेको हो । म जस्तै जस्तै चाहनाले होला यस पटक केन्द्रीय अधिवेशनमा चिकित्सक, इन्जिनियर, प्रध्यापक, वकिल, पूर्व कर्मचारीहरुको उपस्थिती बाक्लो थियो ।

राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र समाजवादको नारा रहेको नेपाली कांग्रेसको यो अधिवेशन केही फरक अवश्य देखियो । वडादेखि केन्द्रसम्म नै मताधिकारको स्वतन्त्रता, उम्मेदवारीको स्वतन्त्रता र पूर्ण समावेशी सायदै अरु कुनै राजनीतिक दलमा देखियो । तर पनि यसभित्र झाङ्गिदै गएको गुट र उपगुट वडासम्म नै पुगेको प्रष्ट देखियो । गुटबन्दीले यति भयो कि सुनसरीबाट निर्वाचित भएका पूर्व जिल्ला सभापति रामबहादुर बस्नेत, पूर्व पार्टी सभापति तथा पूर्व गृह राज्यमन्त्री हरि सापकोटाजस्ता काँग्रेसका अग्रज पनि महाअधिवेशन प्रतिनिधिमा चयन हुन सकेनन् । तर, यस अवस्थामा पनि बलियो प्यानलमा नरहेका र अलग अलग प्यानलका युवा महामन्त्री द्वय गगन थापा र विश्वप्रकास शर्मा छानिए ।

कोभिडका कारणले बन्द भएका मुद्रण व्यवसाय, होटेल व्यवसायहरु पनि उत्साहित भए । गाउदेखि सहरसम्म रौनक आयो । साँच्चै भन्ने हो भने कोभिडले थिचारिएका पक्षहरु फेरि आशावादी भए । तर अधिवेशन सजिलो पक्कै भएन । पार्टी भित्रको किचलो र द्वन्द्वहरु सतहमा आयो । क्रियाशील सदस्यहरुको नामावली, विभिन्न भातृ संस्थामा पदाधिकारी नियुक्ति, विभागहरुको गठन, सरकारको नेतृत्वको भागवन्डा जस्ता विषयमा देखिएको आन्तरिक कलहहरु उदाङ्गिए । काँग्रेस भित्रका चिराहरुले विचलन र विभाजन हुने आशंका कार्यकर्ताहरुमा देखिए । यस्तो अवस्थामा अधिवेशन होला कि नहोला भन्ने डरलाई पन्छाउँदै अधिवेशन भयो ।

केहि परिणमहरु आउन बाँकी रहेतापनि नयाँ कार्यसमिति अधिवेशनले दिएको छ । देखिएका, भएका सबै चिराहरु, गुट तथा उपगुटहरुलाई एकै मालामा गाँसेर डो¥याउने जिम्मेवारी र चुनौती नयाँ नेतृत्वलाई दिँदै फेरि कार्यकर्ताहरु आफ्नै लयमा फर्केका छन् । राजनीतिमा सक्रिय हुनेहरु नयाँ नेतृत्वसँगै निर्वाचनका तयारीमा जुट्ने छन् । हामी पेशाकर्मीहरु चाँही आफ्नै काममा फर्केका छांै ।

आइतबार, ११ पुष, २०७८

प्रतिक्रिया:

सम्बन्धित खवर