विराटनगर । कोरोना भाइरसको जोखिम बढ्दै गएपछि सरकारले मंगलबारदेखि मुलुकलाई लकडाउन गरेको छ । तर, यो अवधिमा पनि नागरिकहरुले सहि रुपमा लकडाउन पालना नगरेपछि सुरक्षाकर्मी नै परिचालन गर्नुपरेको छ ।
लकडाउनका बेला घरबाहिर निस्कन प्रतिबन्ध लगाइएको छ । विश्व स्वास्थ्य संगठनले लकडाउनसँगै कोरोना भाइरसको नियन्त्रणको लागि सरकार र नागरिकले सतर्कता अपनाउनुपर्ने बताएको छ ।
चीनको बुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण अहिले विश्वभर फैलिएको छ । जसको कारण विश्वका अधिकांश देश लकडाउनमा छन् । संक्रमितको पहिचान गरि उनीहरुको सम्पर्कमा रहेका व्यक्तिलाई अलग राख्न सकेमा मात्रै भाइरसलाई परास्त गर्न सकिने डब्लुएचओले बताउँदै आएको छ ।
नेपाल सरकारले २ जनामा कोरोना भाइरस देखिएपछि लकडाउनको निर्णय गरेको थियो । बुधबार थप एक जनामा कोरोनाको संक्रमण भएको पुष्टि भएको छ । छिमेकी मुलुक भारतमा कोरोनाको कारण १० जनाको मृत्यु भइसकेको छ भने ५ सय बढि संक्रमित छन् । जसको कारण भारतले २१ दिने लकडाउन घोषणा गरेको छ । यसैले पनि नेपाल र नेपालीहरु थप सचेत हुनुपर्ने अवस्था छ ।
कोरोनाको आशंका लागेकाहरुलाई राख्न सरकारले क्वारेन्टाइन बनाएको छ । तर, घरभित्रै सेल्फ क्वारेन्टाइनमा पनि बस्न सकिन्छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सेल्फ क्वारेन्टाइन अर्थात एकान्तवासमा बस्दा अपनाउनुपर्ने १५ वटा नियम बनाएको छ ।
सेल्फ क्वारेन्टाइनमा बस्दा पालना गर्नुपर्ने नियमहरुः
१) पर्याप्त भेन्टिलेसन भएको कोठामा एक्लै बस्ने । सम्भव नभएमा छुट्टै ओछ्यानमा सुतिरहेको अर्को व्यक्तिसँग कम्तीमा १ मिटरको दूरी राख्ने ।
२ं) छुट्टै बाथरुम र शौचालयको प्रयोग गर्ने । सम्भव नभएमा प्रयोग गरेपछि बाथरुम र शौचालय आफै सफा गर्ने ।
३) आफू बस्ने कोठा आफै सफा गर्ने ।
४) घरभित्र साझा रुपमा प्रयोग हुने ठाउहरु जस्तै भान्सा, शौचालयमा आवतजावतलाई सीमित पार्ने । यी साझा ठाउँहरुमा पर्याप्त भेन्टिलेसन वा झ्याल खुल्ला राख्ने ।
५) स्वास्थ्य संस्था जान बाहेक अन्य कामका लागि घर बाहिर नजाने ।
६) नियमित रुपमा आफ्नो हात साबुन र पानीले मिचीमिची २० सेकेन्डसम्म धुने वा हात सफा राख्न अल्कोहलयुक्त ह्यान्ड स्यानिटाइजर प्रयोग गर्ने । हात नधोइ आँखा, नाक र मुखबाट छुन जोगिने ।
७) प्रयोग गर्ने गिलास, कप, खाना खान प्रयोग हुने भााडा, तौलिया र रुमाल, ओच्छ्यान वा अन्य सामानहरु घरका अन्य व्यक्तिसँग साझा प्रयोग नगर्ने । प्रयोग गरेपछि यी सामानहरु साबुन र पानीले सफासँग धुने ।
८) अन्य व्यक्तिहरुसँग प्रत्यक्ष सम्पर्क नगर्ने ।
९) यदि अन्य व्यक्तिहरुसँग सम्पर्कमा आउनु पर्दा, कम्तीमा १ मिटर (३ फिट) को दूरी राख्ने र अर्को व्यक्तिसाग एउटै कोठामा हुँदा र स्वास्थ्य संस्था जाँदा मास्क प्रयोग गर्ने ।
१०) खोक्दा वा हााच्छिउँ गर्दा मुख र नाकलाई टिस्यु, रुमाल वा कुहिनाले छोप्ने ।
११ं) आफ्नो कोठाबाट प्रयोग गरिएको टिस्यु, रुमाल, मास्क र अन्य चिजहरु छुट्टै फोहोर फाल्ने ठाउहरुमा फाल्ने र फालेपछि तुरुन्तै कम्तीमा २० सेकेन्डसम्मका लागि आफ्ना हातहरु साबुन र पानीले मिचीमिची धुने । रुमाल वा पुनः प्रयोग गर्ने कपडा साबुन र पानीले सफासँग धुने र यसलाई घाममा राम्ररी सुकाएपछि मात्र प्रयोग गर्ने ।
१२ं) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त निर्देशनको पालना गर्ने र आवश्यक सहयोगका लागि सधैँ तयार रहने ।
१३) क्वारेन्टाइनमा रहदा आफ्नो शरीरको तापक्रम दैनिक एक पटक जाच्ने र दिइएको फारामहरुको रेकर्ड गर्ने । दिइएको निर्देशनअनुसार १४ दिनसम्म दैनिक स्वास्थ्यस्थितिबारे तोकिएको स्वास्थ्य निकायमा जानकारी दिने ।
१४) कुनै पनि स्वास्थ्य समस्या देखिएको खण्डमा वा क्वारेन्टाइनमा बस्दा केही समस्याहरु भएमा तोकिएको स्वास्थ्य निकायबाट प्राप्त निर्देशहरु अनुरुप गर्ने ।
१५) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसगको पूर्व अनुमतिबिना क्वारेन्टाइन स्थानभन्दा बाहिर यात्रा नगर्ने ।