प्रदेश १ : पाँच दलीय गठबन्धनद्वारा साझा कार्यक्रम सार्वजनिक (पूर्ण पाठ)

विराटनगर । पूर्ववर्ती दुईवटा सरकारले अनुत्पादक क्षेत्रमा खर्च गर्नका लागि छुट्याएको बजेट, बनाएको योजना कटौतीको प्रस्ताव गर्दै प्रदेश १ का पाँच दलीय गठबन्धनले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ ।

कांग्रेस सांसद शेखरचन्द्र थापाको नेतृत्वमा गठित कार्यदलले सरकारको अल्पकालिन तथा दीर्घकालिन योजनाहरु समेटेर न्यूनतम साझा कार्यक्रम तयार पारेको थियो । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्मिलित गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रमलाई आधार मानेर सरकार चलाउने र नीति तथा कार्यक्रम बनाउने मुख्यमन्त्री राजेन्द्र राईले बताए ।

कार्र्यक्रममा सरकारका मन्त्रीहरू इन्द्रबहादुर आङ्बो, हिमाल कार्की, केदार कार्की, जयराम यादव, विष्णुमाया तुम्बाहाम्फेलगायत सहभागी थिए । सांसद राजन राईले संचालन गरेको कार्यक्रममा माओवादी केन्द्र प्रदेश १ का सचिव गणेश उप्रेती सुशीलले गरेका थिए ।

साझा कार्यक्रमको पूर्ण पाठ

शनिबार, १० पुष, २०७८, साँझको ०६:१३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर