विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुको महेन्द्र मोरङ क्याम्पसर विराटनगर इकाई समितिको अध्यक्षमा राज्यलक्ष्मी कटुवाल चयन भएकी छिन् ।
अनेरास्ववियू महेन्द्र मोरङ क्याम्पस कमिटीको आज बसेको पूर्ण बैठकले कटुवालको नेतत्वमा समितिको पदाधिकारीको टुंगो लगाएको हो । समितिको उपाध्यक्षमा दिपेस बिक, नितेश आले मगर, सचीवमा गिरेन्द्र भुजेल, सह–सचीवमा अनुप भण्डारी, बलराम दाहाल, गजेन्द्र राजवंशी, भूमिका लुङ्गेली र कोषाध्यक्षमा आशिष राजवंशी चयन भएका हुन् ।
बैठकमा अनेरास्ववियू स्थायी कमिटी सदस्य भूषण पोमु, केन्द्रिय सचिवालय सदस्य शिव रतन शाहलगायतको उपस्थिति थियो । अनेरास्ववियूले यसअघि नै ७१ सदस्यीय क्याम्पस इकाई समिति गठन गर्ने बताएको छ ।