बैङ्किङ कसुरमा फरार रहेका युवक पक्राउ

विराटनगर । बैङ्किङ कसुर मुद्दामा फरार भएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान १३ का ३८ वर्षीय मुन्ना थापा रहेका छन् ।

उनलाई उच्च अदालत विराटनगरले मिति २०७६र०१र१६ गतेको गरेको फैसला अनुसार थापालाई १ वर्ष ६ महिना कैद र चार लाख पचास हजार सात सय छैसठ्ठी रुपैयाँ जरिवाना तोकिएको थियो ।

सजाय र जरिवाना नतिरि हाल सम्म फरार रहँदै आएका थापालाई १ नं प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आज बिहान पक्राउ गरेको हो।

पक्राउ परेका थापालाई सुनसरी जिल्ला अदालतमा उपस्थित गराई कैद भुक्तानको लागी आजै कारागार चलान गरेको प्रहरीले जानकारी दिएको छ।

पुस ८, २०७८, दिउँसोको ०३:०३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर