कार्यदलले बुझायो न्यूनतम साझा कार्यक्रम

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री माननीय राजेन्द्रकुमार राईलाई प्रदेश नं।१ सरकारको न्यूनतम साझा कार्यक्रमका लागि गठित ५ दलीय न्यूनतम साझा कार्यक्रम तयारी कार्यदलले आज कार्यक्रमको मस्यौदा बुझाएको छ ।

समितिका संयोजक प्रदेश सांसद शेखरचन्द्र थापाले मुख्यमन्त्रीको कार्यकक्षमा मस्यौदा बुझाएका हुन् । कार्यदलमा प्रदेश सांसदहरू राजन राई, धीरेन्द्र शर्मा, रामचन्द्र लिम्बू र अशोक चेम्जोङ्ग सदस्य रहेका थिए । ।

त्यस्तै प्रदेश योजना आयोगका पूर्वसदस्य पूर्ण लोक्सोम कार्यदलको सदस्य सचिव थिए । कार्यदलका तर्फबाट मस्यौदा ग्रहण गर्दै प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सरकारको न्यूनतम साझा कार्यक्रम पौष ९ गते शुक्रबार सार्वजनिक गर्ने तयारी रहेको जानकारी दिए ।

 

बुधबार, ०७ पुष, २०७८, रातीको ०८:५० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर