विराटनगर । नेकपा माओवादी केन्द्र प्रदेश १ को दुई सातादेखि जारी सहमति प्रयास विफल बनेपछि पदाधिकारी चयनका लागि चुनाव हुने भएको छ ।चुनाव आजै ७ः०५ बजेबाट सुरु हुनेछ । चुनाव हुने भएपछि निर्वाचन समितिले कार्यतालिका प्रस्तुत गरेको छ ।जस अनुसार मतदाता नामावली ४ बजे प्रकाशन गरेको छ भने मतदातमा नामवली दाबी बिरोधको सयम ४ः ३० सम्म रहेको थियो । मतादाता नामावलीमा परेको दाबी बिरोधको सुचना प्रकाशन ४ः४० मा गर्ने कार्यतालिका प्रस्तुत गरेको थियो ।
दाबी बिरोध माथि छानबिन र निर्णय ५ बजे, अन्तिम मतदाता नामावली प्रकाशन ५ः०५, उम्मेदवारको मनोनयन पत्र दर्ता ५ः१०, मनोनयन पत्र दर्ता सुचि प्रकाशन ५ः४०, उम्मेदवारको बिरोधमा उजुरी दिने ५ः४५, उम्मेदवारको बिरोधमा उजुरीको सुचना ५ः५०, उजुरी उपर छानबिन र निर्णय ६ बजे, उम्मेदवारको नामावली पुन प्रकाशन ६ः१० ,उम्मेदवारको नाम फिर्ता ६ः५०, उम्मेदवारको अन्तिम नामावली प्रकाशन ७ बजे गर्ने कार्यतालिका रहेको निर्वाचन समितिले जनाएको छ ।
मतदान सकेर ९ बजेबाट मतगणना सुरु हुने साथै आजै ११ बजे मत परिणामा घोषणा गर्ने निर्वाचन समितिद्धारा जारि कार्यतालिकामा उल्लेख छ ।
साथै निर्वाचित पदाधिकारीलाई ११ः३० मा सपथ ग्रहण गर्ने कार्यक्रम रहेको निर्वाचन समितिले जनाएको छ ।