माओवादी प्रदेश १ मा द्विपक्षीय प्रतिष्पर्धा

विराटनगर । माओवादी केन्द्र प्रदेश १ को अध्यक्ष पदमा द्विपक्षीय प्रतिष्पर्धा हुने निश्चित भएको छ । दुई सातादेखि जारी सहमति प्रयास विफल बनेपछि प्रदेश १ को पदाधिकारी चयनका लागि चुनाव हुने निश्चित भएपछि प्रतिष्पर्धी संख्या पनि साँघुरिएको हो ।

आधा दर्जनभन्दा बढी आकांक्षीहरु रहेको अध्यक्ष पदमा अन्तिममा हर्कबहादुर नेम्बाङ मिक्सो पाँचथर, र मुक्साहाङ मेन्याङ्बो सुनसरी बीच प्रतिष्पर्धा हुने माओवादी नेताहरुले जनाएका छन् ।

नौ पदाधिकारीका लागि ४० जनाभन्दा बढीको दाबी थियो । तर, चुनावी प्रक्रिया सुरु हुने बेलामा यो संख्या घटेको छ । अध्यक्ष पदका आकांक्षी घटे पनि अन्य पदमा दाबी गर्नेहरुको संख्या भने अझै पनि उस्तै छ ।

महिला उपाध्यक्षमा संखुवासभाकी इन्दिरा मिश्र, झापाकी सरु न्यौपाने, मोरङकी विनिता घिमिरे, धनकुटाकी धनकुमारी वि।क।लगायतले दाबी गरेका छन् । यस्तै समावेशी उपाध्यक्षमा मोरङका भोगेन्द्र यादवले दाबी गरेका छन् ।

खुल्ला उपाध्यक्षमासुनसरीको भोला बस्नेतले दाबी गरेका छन् । अध्यक्षमा दाबी गर्नेहरूमध्येबाटै उपाध्यक्षमा झर्ने सम्भावना रहेकोले दाबी गर्नेको संख्या कम रहेको माओवादी स्रोतले दाबी गरेको छ ।

सचिवमा मोरङका गणेश उप्रेती, झापाका सिपी कडरिया, सुनसरीबाट आइन्द्र विक्रम बेघा, धनकुटाबाट ऋषिराम ढुंगाना, ओखलढुंगाबाट मोहनकुमार खड्कालगायतले दाबी गरेका छन् ।

बुधबार, ०७ पुष, २०७८, दिउँसोको ०४:१५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर