विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले उद्योगी राजेन्द्र राउतलाई आफ्नो आर्थिक सल्लाहकार नियुक्त गरेका छन् ।
विराटनगर निवासी उद्योगी राउत नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवम् प्रदेश १ का उपाध्यक्ष हुन् । उद्योगी राउत कुनै पनि राजनीतिक दलमा आवद्ध नभएका व्यक्ति हुन् ।
उनले मुख्यमन्त्रीले दिएको जिम्मेवारी स्वतन्त्रतापूर्वक निर्वाह गर्ने प्रतिक्रिया दिएका छन् ।
‘म अहिलेसम्म कुनै पनि राजनीतिक दलको सदस्य छैन,’ राउतले भने ‘प्रदेशको आर्थिक विकासका लागि सकेको योगदान गर्न यो जिम्मेवारी स्वीकार गरेको हुँ ।’