कुटपिटबाट दुई जनाको मृत्यु

संखुवासभा । संखुवासभामा दुई स्थानमा भएको कुटपिटबाट दुई जनाको मृत्यु भएको छ ।

कुटपिटबाट पाँचखपन नगरपालिका–३ की २९ वर्षीया बिष्णुमाया राई (लिम्बू)को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए ।

प्रहरीले बिष्णुमायाको हत्यामा संम्लग्न भएको आरोपमा श्रीमान दिपन राईलाई नियन्त्रणमा लिएको छ । हत्यामा संलग्न दिपेनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै मंगलबार खाँदबारी नगरपालिका–११ मा जीवन दर्जीको कुटपिट बाट ३० वर्षीय चन्द्रबहादुर दर्जीको मृत्यु भएको प्रहरी निरीक्षक अधिकारीले बताए । उनीहरुबीच भएको विवादमा कुटपिट हुँदा चन्द्रबहादुर गम्भीर घाइते भएका थिए । घाइते चन्द्र बहादुरको उपचारका क्रममा जिल्ला अस्पताल संखुवासभामा मंगलबार दिउँसो मृत्यु भएको हो । हत्यामा संलग्न भएको आरोपमा जीवन दर्जीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

पुस ६, २०७८, साँझको ०७:०८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर