प्रदेश १ मा ९४२ मानव अधिकार उल्लंघन

विराटनगर । प्रदेश १ मा ९४२ वटा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटना भएको इन्सेकले अभिलेख गरेको छ । १४ जिल्लाका प्रतिनिधिहरुले मंगलबार विराटनगरमा सन् २०२१ को जनवरी देखि डिसेम्वर १५ सम्मका मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनाहरु अभिलेख गरेको बताएका छन् ।

इन्सेकका प्रतिनिधिहरुका अनुसार पाँचथरमा २९, धनकुटामा ५७, सोलुखुम्वुमा ५५, संखुवासभामा ६१, तेहृथुममा १९, ताप्लेजुङमा २३, भोजपुरमा ८३, खोटाङमा ५४, सुनसरीमा १५०, मोरङमा ८०, उदयपुरमा ६९, झापामा १७२, इलाममा ३९ र ओखलढुङ्गामा ५१ वटा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनाहरु अभिलेख गरिएको बताएका छन् ।

जिल्ला प्रतिनिधिहरुले जिल्लामा मानव अधिकारको अवस्था खस्कदो रहेको बताएका छन् । विगत वर्षहरुको तुलनामा सन् २०२१ म घटनाहरु बढी भएको सोलुखुम्वुका भोजराज कार्कीले बताए । सुनसरीका जयकृष्ण यादवले बलात्कारका घटनामा उल्लेख्य बृद्धि भएको बताए ।

एक वर्षको अवधिमा १७२ वटा घटना अभिलेख गर्दा ८० वटा बलात्कारका घटना भएको उनले बताए । जिल्ला प्रतिनिधिहरुले बलात्कार, परिवारजनबाट हत्या, बाल विवाह, घरेलुहिंसाका घटनाहरुमा बृद्धि भएको बताएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का प्रदेश १ प्रमुख सोमराज थापाले मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनाहरुमा बृद्धि हुनु राम्रो नभएको बताए । उनले अझै पनि मानव अधिकारको अवस्थामा सुधार हुन नसक्नु दुखत भएको बताए । उनले अझै पनि नागरिक राज्यपक्षबाट पनि पीडित हुनु परिरहेको बताए ।

पुस ६, २०७८, साँझको ०५:१३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर