प्रदेश १ मन्त्रिपरिषद् बैठक : प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रम पुनः लागू हुने

विराटनगर । प्रदेश १ मन्त्रीपरिषद्को बैठकले तत्कालिन मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारले रद्ध गरेको प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रम पुनः संचालन गर्ने निर्णय गरेको छ ।

उक्त कार्यक्रम अन्तर्गत अब प्रत्यक्ष निर्वाचित सांसदले आफ्नो क्षेत्रमा खर्च गर्नेगरी १ करोड रुपैयाँ र समानुपातिक प्रदेश सांसदले ५० लाख पाउने छन् ।

प्रदेश १ सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रम (सञ्चालन नियमावली) पारित गरेको हो ।

उक्त नियमावली पारित गरेसँगै यो कार्यक्रम लागू हुने प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले जानकारी दिए ।

सोमबार, ०५ पुष, २०७८, साँझको ०७:१५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर