त्रिविको ४७ औं दीक्षान्त समारोह : २९ हजारभन्दा बढी बिद्यार्थी दीक्षित

विराटनगर । त्रिभुवन विश्वविद्यालयले सोमबार ४७ औं दीक्षान्त समारोहमा २९ हजार ७२९ विद्यार्थीलाई दीक्षित गरेको छ । विद्यावारिधी र एमफिलमा उत्तीर्ण तथा स्नातकोत्तर र स्नातक तहका उत्कृष्ट विद्यार्थी दीक्षित भएका हुन् ।

त्रिविका उपकुलपति प्रा.डा धर्मकान्त बाँस्कोटाले ५९ औं ग्रेस लिस्टमा समावेश भएका २९ हजार ७ सय २९ जना दीक्षित भएको जानकारी दिए ।

दीक्षान्त समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिविले समय सापेक्ष शैक्षिक तथा व्यवस्थापकीय सुधार गर्दै अघि बढ्नुपर्ने बताए । ‘विश्वविद्यालयको शिक्षा व्यवहारिक, जीवनोपयोगी, समाजको विकास र रूपान्तरणमा सहयोगी हुनुपर्छ’ उनले भने ।

कोभिड–१९ महामारीका कारण दुई वर्षयता त्रिविको दीक्षान्त समारोह बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय परिसरमा आयोजना गरिएको छ। त्रिविमा अध्ययन अनुसन्धान गरी २०७७ असार १ देखि २०७८ जेठ ३२ सम्म ट्रान्सक्रिप्ट लिई ५९ औं ग्रेसलिस्टमा समावेश भएका विद्यार्थीलाई दीक्षित गरेको उपकुलपति धर्मकान्त बास्कोटाले जानकारी दिए ।

सोमबार, ०५ पुष, २०७८, साँझको ०६:४६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर