विराटनगर । प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेटमा आज सशस्त्र प्रहरीको एपीएफ क्लब र सुदूरपश्चिम विजयी भएका छन् ।
धनगढीको फाप्ला मैदानमा एपीएफले प्रदेश २ लाई ४८ रनले हरायो ।
खराब मौसमका कारण १५ ओभरमा छोट्याइएको खेलमा एपीएफले दिएको ९९ रनको लक्ष्य पछ्याएको प्रदेश २ ले नौ विकेट गुमाएर ५० रनमात्रै बनायो ।
आजै भएको अर्को खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई नौ विकेटले हराएको छ ।
गण्डकीले दिएको ३२ रनको सामान्य लक्ष्य सुदूरपश्चिमले दुई ओभर एक बलमा मात्रै एक विकेट गुमाएर भेटायो ।