सुनको भाउ फेरी बढ्यो

काठमाडौं । आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेको छ ।

आज तोलामा सुन ९३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै आज पनि तोलामा १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

पुस ५, २०७८, दिउँसोको ०४:१० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर