सहकारी संस्था लिमिटेडको ३४ औं साधारण सभा सम्पन्न

ग्रामथान । सहकारी संस्था लिमिटेडको ३४ औं साधारणसभा शनिबार ग्रामथान गाउँपालिका वडा नं २ को झोराहाटमा एक कार्यक्रम गरि सम्पन्न भएको छ ।

सहकारीले गत आर्थिक वर्षमा शुद्ध नाफा ४६ लाख १४ हजार पाँचसय नब्बे रुपैँया आर्जन गरेको छ । शेयर पुँजी ८३ लाख ६९ हजार तिन सय तिस रुपैँया छ भने निक्षेप १३ करोड २४ लाख ३३ हजार दुईसय ९८ रहेको छ ।

साधारण सभाको अवसरमा सहकारीले पत्रकार सम्मान, उत्कृष्ट ऋणी सम्मान, उत्कृष्ट बचतकर्ता सम्मान, ज्येष्ठ नागरिक सम्मान, सेयर सदस्यका छोराछोरी मध्ये प्लस टुमा उच्च अंक ल्याई उतिर्ण हुने बिधार्थीलाई सम्मान साथै मायाको चिनो प्रदान कार्यक्रम गरेको थियो ।

अग्रज पत्रकार शकर लुंईटेल र हाम्रोमत दैनिकका संवाददाता बाबुराम मुडियारीलाई सहकारीको विकासमा समाचार सम्प्रेषण गरेर योगदान गरेको भन्दै सम्मानित गरिएको हो ।

सो कार्यक्रमका प्रमुख अतिथि ग्रामथान गाउँपालिकाका प्रशासकिय अधिकृत गणेश बहादुर कार्की,विशिष्ट अतिथि जिल्ला सहकारी संघ मोरङका लेखा संयोजक तथा प्रदेश बचत संघका सचिव लक्ष्मि सापकोटा, जिल्ला सहकारी संघ मोरङका सल्लाहकार रामचन्द्र गौतम, ग्रामथान गाउँपालिका वडा नं २ का अध्यक्ष कृष्ण कुमार माझी रहेका थिए ।

अतिथिहरुमा सरस्वती नमुना मा.वि.का प्र.अ. अशोक लुंईटेल, लक्ष्मि नारायण मन्दिर झोराहटका अध्यक्ष कृष्णहरि घिमिरे, सौजन्य सहकारीका प्रतिनिधी दर्शनलाल माझी, ईश्वर सहकारीका प्रतिनिधि निमा लुंईटेल, स्तिरिय सहकारीका प्रतिनिधि पार्वती अधिकारी, सुभारम्भ सहकारीका प्रतिनिधि कुन्ता सापकोटा, सारदा सेकेन्डरी स्कुलका प्रेन्सिपल संजय मण्डल लगायतको आतिथ्यता रहेको थियो ।

यस सहकारी संस्था लिमिटेड मोरङ झोराहटको ईतिहास हेर्दा २०२४ सालमा श्री बसन्त बहुमुखी सहकारी संस्थाको रुपमा दर्ता भई कारोबार सुरु गरेको थियो । यस सहकारीले कृषिजन्य सामाग्रीहरु खरिद बिक्रि, रेमिटान्स सेवा, बचत संकलन तथा ऋण प्रवाह लगायत कार्यहरु गर्दै आईरहेको छ ।

यस सहकारीले साविकका झोराहाट, सिध्राहा, लखन्तरी र बैजनाथपुर गा.वि.स.लाई कार्यक्षेत्र बनाएर काम गर्दै आईरहेको छ । सहकारीले यस क्षेत्रको कृषि तथा वित्तिय कारोबारमा स्थानियलाई सेवा प्रवाहबाट ठुलो सहयोग पुगेको छ । संस्थाको कुल सदस्य संख्या ६ सय ५७ रहेको छ ।

पुस ५, २०७८, दिउँसोको ०२:०७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर