विराटनगरमा उधौली पर्व (फोटो)

विराटनगर । किराँत समुदायको विशेष बसोबास रहेको पूर्वी पहाडमा बारीमा पैँयू फुल्न थालेपछि मनाइने उधौली पर्व विराटनगरमा पनि धुमधामका साथ मनाउन सुरु भएको छ । लेकमा बढी चिसो हुने भएपछि मंसिर पूर्णिमादेखि उँधो अर्थात् तराई वा बेंसीतिर झर्ने चलन छ । त्यसैलाई उधौली अर्थात् चासोक तङनाम पर्वको रुपमा चिनिन्छ ।

प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पूर्णिमादेखि सुरु हुने यो पर्व किरात समुदायले दुई सातासम्म विविध कार्यक्रम गरी मनाउँछन् ।

उधौलीको अवसरमा आज किरात राई यायोख्खा साथै किरात याक्थुङ चुम्लुङले विराटनगर–११ स्थित साकेला थानमा संयुक्तरुपमा विभिन्न कार्यक्रमको आयोजना गरी उद्यौली पर्व मनाएका छन् ।

आजको दिनलाई किरात समूदायले अन्नबाली पाकेपछि आफ्नो इष्टदेवतालाई चढाउने तथा पितृलाई स्मरण गर्ने दिनको रुपमा पनि लिने गर्दछन् ।

प्रकृतिपूजक किराँतहरुले मनाउने यो पर्व एउटा समय–सूचक पनि हो । खेतीपाती एवं पशुपालन गर्ने किरातका पूर्खाहरुले प्रकृतिसँग लय मिलाउँदै यो उत्सव मनाउन सुरु गरेका हुन् । सुनुवार, राई, लिम्बू, याख्खा जातिले यो उत्सव मनाउने गर्छन् ।

आइतबार, ०४ पुष, २०७८, साँझको ०५:१० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर