टिकटकर रिशभले नाङ्लोमा मनाए आफ्नो जन्मदिन

विराटनगर । पछिल्लो समय टिकटकमा चर्चा कमाउन सफल भएका विराटनगरका रिशभ प्याकुरेलले आफ्नो जन्मदिन नाङ्गलो मःम हाउसमा मनाएका छन् ।

टिकटकमा ‘आँशु पनि आउँदैन’ भन्ने ‘डाइलोग’ ले चर्चा कमाएका प्याकुरेलले शनिबार विराटनगर–२ सङ्करपुरमा रहेको नाङ्गलो मःम हाउसमा २२ औं जन्मदिन मनाएका हुन् । उनको टिकटकमा एक लाख ४ हजार फ्लोअर्स र ७ लाख लाइक रहको छ ।

पारिवारिक, स्वच्छ र शान्त वातावरणमा मःमका विभिन्न प्रकारको स्वाद लिन सकिने भएकोले आफूले जन्मदिन मनाउन नाङ्गलो मःम हाउस रोजेको उनले बताए । ‘सहाकारीका लागि नाङ्गलो विशेष रहेकाले मैले यहाँ मेरो जन्मदिन मनाएको हो,’ उनले भने, ‘यहाँ मःमका विभिन्न प्रकारका स्वाद लिन सकिन्छ ।’

पुस ३, २०७८, साँझको ०६:०६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर