विराटनगरको हिमालय रोड र एमजी रोड कसरी ?

यति सानो भूगोलमा वाकिङ रोड बनाउँछु भन्नु वौद्धिक टाट पल्टाईको चरम उत्कर्ष हो

अहिले विराटनगरको हिमालय रोड (जनआन्दोलन चोक)मा नयाँ संरचना तीव्र गतिमा निर्माण भइरहेको छ । यसलाई ग्यान्टोकको सुप्रसिद्ध एमजी रोडसँग निर्माणकर्ता र त्यस्का पक्षधरहरू तुलना गरि रहेका छन्। एमजी रोड गहनाको रूपमा आफ्नो सौन्दर्य र गरिमाको साथ शहरको करिव करिव मध्य उत्तर भागमा अवस्थित छ। होटेल, रेष्टरेन्ट र अन्य फेन्सी/एन्टीक गुड्सको निम्ति यो रोड विश्व प्रसिद्ध छ।अझ इभिनिङ ह्याङ आउटको रूपमा यसको विशिष्ट पहिचान र महत्व छ। तर एमजी रोडको दशांश पनि भूगोल नओगटेको विराटनगरको हिमालय रोड शहरकै सबैभन्दा महत्वपूर्ण इन्ट्री पोइन्ट हो ।

यति सानो भूगोलमा वाकिङ रोड बनाउँछु भन्नु वौद्धिक टाट पल्टाईको चरम उत्कर्ष हो । व्यापार, ट्राफिक व्यवस्थापनमा यसले पार्ने साइड इफेक्टबारे विल्कुलै सोचिएको पाईएन । साथै यो विगतका विभिन्न आन्दोलन–जनआन्दोलनलाई स्पेश दिएको गौरवपूर्ण ईतिहास बोकेको ठाउँ हो । त्यसै यो भूभागलाई जनआन्दोलन चौक भनिएको होइन । रथयात्रामा सबभन्दा बढी भक्तजनहरू यहाँका सडक पेटी तथा घरका छतहरूमा उभिएका हुन्छन्। यसको बिरासत, इतिहास मेटिनु हुन्न । लोकतन्त्रमा सनकका भरमा गलत, कुरूप र अ‍ौचित्यबिहीन राजनैतिक निर्णयहरू जनतामा थोपरिनु हुन्न ।

विराटनगरका बौद्धिक, सामाजिक, राजनीतिककर्मीहरू, पत्रकार तथा अन्य सरोकारवालाले बोल्न ढिलो भएन ? के कारणले मुखमा बुजो लागेको हो ? यो चुप्पिको मनोविज्ञान (साइकोलोजी अफ साइलेन्स) बाट बाहिर निस्कौं मित्रहरू ! नत्र भने भावी पुस्ता र ईतिहासले हामीलाई सराप्ने छ। जय होस विराटनगर र विराटनगरबासीको !!!

नोट : श्रेष्ठको सामाजिक संजालमा व्यक्त विचार साभार गरिएको ।

पुस ३, २०७८, साँझको ०५:४५ बजे

प्रतिक्रिया

  1. 1. yo road ko bikalpa pailai khojeko hunu parthyo. kita college road lai ailey diraheko samrachana dinu parthyo kamtima tes road ko gantabya karyalaya chowk samma puryainda walking distance lai dhyan diyiyeko bujhna sakinthyo..
    2. itihas bokeko rat yatra biratnagar ko gaurab ho yesle garda yo katai alapatra parchha ki vanney daar pani paida vayeko xa .
    3. janaandolan chowk vanney bitikai tya pugna sath jun tyag ra thalani ko mahasus hunxa katai yesh aailey bandae gareko samrachanale bitholney ho ki vanney trash ta xadae nai xa ..

प्रतिक्रिया:

सम्बन्धित खवर